ताजा समाचार

बर्दियाको बाँसगढीमा उत्साहका साथ दलहरुले मनोनयन पत्र दर्ता गराएका छन ।

असार ४ गते

बर्दियाको बाँसगढीमा उत्साहका साथ शान्त र सवार्ध बातावरणमा दलहरुले मनोनयन पत्र दर्ता गराएका छन । उमेद्धारी दर्ता प्रक्रियामा सबैको सहजताको लागी समय बिभाजन गरी दलहरुले उमेद्धारी दर्ता गराएकाले शान्तिपुर्ण र सवार्ध वातावरणमा दलका उमेद्धारहरुले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन ।

बाँसगढी नगरपालीकामा नेपाली कागे्रसका तर्फबाट मेयर पदमा गंगाधर पौडेल, उपमेयरमा श्यामपतिया थारु, नेकपा एमालेको तर्फबाट मेयर पदमा शालिकराम अधिकारी, उपमेयरमा शुष्मा चौधरी, नेकपा माओबादी केन्द्रका तर्फबाट मेयरमा बिनाराम थारु, उपमेयरमा भुमि बिकले उमेद्धारी दर्ता गराउन’ भएको छ ।

त्यस्तै नयाँ शक्ति पाटी नेपालको तर्फबाट मेयर पदको लागी बिपिन पौडेल, उपमेयरमा बालकुमारी खत्री क्षेत्री, राप्रपाको तर्फबाट मेयरमा रामचरण थारु, उपमेयरमा धनादेबी थारु, राष्ट्रिय जनमोर्चाका तर्फबाट मेयर पदमा निर्मला अर्याल, उपमेयरमा तोयानाथ अधिकारी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट मेयर पदमा मुकेश कुमार थारु, उपमेयरमा ठगनी थरुनी, नेपाल दलित पाटीका तर्फबाट मेयर पदमा देबु बिक, उममेयरमा गंगा बहादुर परियारले उमेद्धारी दर्ता गराउनु भएको छ ।

बाँसगढीमा नेपाली कांग्रेसले बिहान १० देखि ११ बजेसम्म, नेकपा एमालले १० देखि १२ बजे सम्म नेकपा माओबादी केन्द्रले २ देखि ३ र अन्य दलहरु ३ बजे दखि उमेद्धारी दर्ता गर्न आएकाले भिड भाड नभई शान्त र सवार्ध वाताबरणमा मनोनयन दर्ता गर्ने कार्य सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली काग्रेस, एमाले र माओबादी केन्द्रले आआफ्नो पक्षका जनता सहित तामझामका साथ बाजागाजा र झाकि सहित मनोनयन दर्ता गर्न आएका थिए ।

साथै नेकपा एमाले र माओबादीले उमेद्धारी दर्ता पछि बाँसगढीमा बिबिध साँस्कृतक कार्यक्रम सहित बिशाल जनसभा गरेका थिए । बढैयाताल गाउँपालिका बाट अध्यक्ष पदमा नेपाली काँग्रेसबाट मानबहादुर बुढा, नेकपा एमाले बाट लालबहादुर श्रेष्ठ, नेकपा माओबादी केन्द्र बाट लल्लुराम थारु, नेपाल लोकतान्त्रिक फोरम बाट गोबिनद प्रसाद चौधरलिे उम्मेदवार िदिनु भएको छ ।

त्यसैगरी बढैयाताल गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली काँग्रेसबाट भगनदैया थरुनी, नेकपा एमालेबाट दिपाकुमारी गौतम, नेकपा माओबादी केन्द्रबाट राधा आचार्य, नेपाल लोकतान्त्रिक पार्टी फोरमबाट जाधनी थरुनीले उम्मेदवार िदर्ता गराउनु भएको कुरा बढैयाताल गाउँपालिकाका निर्बाचन अधिकृत रामचन्द्र पौडेलले जानकार िदिनु भएकोछ ।

सर्वाधिकार सुरक्षित © 2016-2017: मेरो नेपाल अनलाइन || Powered & Design by क्षितिज 9858066660

error: Content is protected !!