ताजा समाचार

स्थानीय तह दोश्रो चरणको निर्वाचनको लागि बर्दियामा मनोनयन पत्र दर्ता वाजागाजा र्यालीसहित

असार ४ गते
स्थानीय तह दोश्रो चरणको निर्वाचनको लागि बर्दियामा मनोनयन पत्र दर्ता गर्ने क्रम उत्साहजनक रुपमा भएको छ । राजनीतिक दलहरुले जिल्लाका सबै स्थानीय तहमा वाजागाजा र र्यालीसहित मनोनयन दर्ता गरेसँगै उत्साह थपिएको हो ।

जिल्लामा राजनीतिक दललगायत स्वतन्त्र उम्मेदवारले पनि मनोनयन पत्र दर्ता गरेको मुख्य निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । बारबर्दिया नगरपालीमा नेपाली कागे्रस, एमाले, माओबादी केन्द्र, राप्रपा, मजदुर किसान पाटी, मधेशी जन अधिकार फोरम, नेकपा माले, नेपाल दलित पाटी, नयाँ शक्ति पाटी, नेपाल लोकतान्त्रीक फोरम पाटी र एक जना स्वतन्त्र उमेद्धार गरी ११ जना मेयर र १० जना उमेयरमा मनोनयन पत्र दर्ता गराएको निर्वाचन अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले जानकारी गराउनु भएको छ ।

यसैगरी  गुलरिया नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमोर्चा लगायत स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् ।

गुलरिया नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट मुक्तिनाथ यादव उपमेयर सुशीला गिरीले मनोनयन पत्र दर्ता गरेका हुन् । नेकपा एमालेबाट मेयर पदमा हरी ज्ञवाली उपमेयरमा टीका संसेली मगरले मनोनयन दर्ता गर्नु भएको हो । त्यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट मेयर पदमा नजमुद्दिन शेष उपमेयरमा शंखी चौधरी छन् ।

राष्ट्रिय जनमोर्चाबाट मेयरमा युवराज ढकाल उपमेयरमा लक्ष्मी पुरी हुनुहुन्छ । स्वतन्त्रबाट मेयर पदमा अयोध्याप्रसाद श्रीवास्तव उपमेयरमा हरिनारायण बस्नेत तथा मेराज अहमद सिद्धिकी रहेको जनाइएको छ । बर्दियाका राजापुर, मधुवन, ठाकुरबाबा, लगायत बढैयाताल र गेरुवा गाउँ पालिकामा पनि उत्साहजनक रुपमा मनोनयन दर्ता भएको छ ।

सर्वाधिकार सुरक्षित © 2016-2017: मेरो नेपाल अनलाइन || Powered & Design by Fine Creation. A Swadesh Infosys Creation [+977-056-501060].

error: Content is protected !!