हिमशिखर सामुदायिक बन उपभोता समुह कुनैठीको आज ८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा आर्थिक बर्ष २०७२।०७३ को आर्थिक प्रतिबेनमा १० लाख ७३ हजार ६९ रुपैया बराबरको कारोबार गरेको समुहका कोषाध्यक्ष अनिल शर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

बैक बाट, दाउरा घाँस खर, बनमा प्रबेश शुल्क, वन बिकास, बन संरक्षण, सामुदायिक बिकास लगायतका  काम गरेको जानकारी दिईएको थियोे । कार्यक्रममा प्रगति प्रतिबेदन सामुदायिक बन समुहका सचिव गिता थापाले प्रस्तुत गर्नृुुभको थियो ।

हिमशिखर सामुदायिक बनको ७३ हेक्टर क्षेत्रफलमा रहेको वन समुहका २ सय २२ घर धुरीका बहुन क्षेत्री, दलित, थारु, मुस्लीम मदेशी समुदायका उपभोता रहेका छन ।

कार्यक्रममा सामुदायिक बनको कार्यसमिति सचिव देखि लिएर व्यवस्थापक सम्म काम गरेर समुहमा योगदान पुर्याउने स्वर्गिय बाधुराम थारुको श्रीमती गुलाबी थारु, जेष्ठ महिला मंगली थारु, जेष्ठ नागरिक दोरोपति थापालाई दोसल्ला ओडाएर सम्मान गरिएका थियो ।

त्यस्तै एकल महिला श्रीरिला थारुलाई लाई नगद १ हजार, उपभोता समुहमा रहेका उपभोताहरुको छोरा छोरी मध्य एसएलसिमा उत्कृष्ठ अंक ल्याउने दिपक कुमाललाई नगद ५ सय र ताव कलम कपि दिएर सम्मान गरिएका् थियो ।

समुहका अध्यक्ष भोलानाथ भटराईको सभाअध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति सामुदायिक बन महासँघका कोषाध्यक्ष हेमन्त थारु, बिशेष अथिति ईलाका बन कार्यालय अधिकृत अनिल कुमार गुप्ता, बिश्व जोती निमाबिका प्रअ देबकिनन्द त्रिपाठी लागयत बिभिन्न बन समुहका प्रतिनिधीहरु र समुहक उपभोताहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला बन महासँघ गुलरिया बर्दियाका प्रतिनिधी मझिउला खाँले गर्नुभएको थियो ।