यहि पौष २६ देखि २८ गते सञ्चालन हुने रझेट टप्पा मघि मिलन कार्यक्रमको तयारी तीब्र भएको आयोजकले जनाएको छ ।आर्थिक संकलन, मञ्च ब्यबस्थापन, साँस्कृतिक टोली नाम दर्ता गराउनेका भईरहेको जनाएको छ ।

बाँसगढी नगरपालीकाको लक्ष्मणपुरको फुटबल खेलमैदानमा सञ्चालन हुने माघि मिलन कार्यक्रममा थारु पुरान नाच, गीत, खाना, लुगा लगाम प्रदर्शन गरिने जाईएको छ । सांस्कृति प्रतियोगिता पनि हुने भएको छ । आर्थिक संकलन अन्र्तरगत गाँउ गाँउबाट संकलन गरेर आज सम्म ६८ हजार ७ सय १५ रुपैयाँ भएको मुल आयोजक समितिका संयोजक जोगिराम चौधरीले जानकारी गराउनु भएको छ ।

आज संकलन भएकोमा बुरमुरुवा गाँउबाट ३ हजार, तोरैयाँबाट ५ हजार ५५ रुपैया, माछागढबाट ४ हजार, मोतीपुरबाट ९ हजार, बेतहनी बाट २ हजार ५ सय र हस्नापुरबाट ६हजार ७ सय ६० रुपैयाँ भएको छ ।

बाँसगढी नगरपालीका स्तरीय बरघर संजाललको आयोजनामा हुने माघि मिलान कार्यक्रम भब्यरुपमा सफल गर्नको लागि सहयोग गर्न अपिल पनि गरेको छ । सहयोग गर्न चाहने महानुभबले भार्गव बिकास बैंक लिमिडेलमा रझेट तप्पा माघिमिलन मुल आयोजक समितिको खाता नम्बर ००४००००१३००४ मा जम्मा गरीदनु समितिका संयोजक जोगिराम थारुले आग्रह पनि गर्नु भएको छ ।

साथै स्टल बुकिङ गर्न इच्छुकहरुले पनि रु ५ सयमा मात्र गर्नु सकिने आयोजकले जनाएको छ । र नाच एक गाउँबाट बढिमा दुई ओटा लिने, एक नाचमा बबीमा १२ जना सम्म कलाकार रहने र उत्कृष्ट बिधालाई पुस्कृत गर्ने आयोजकले जनाएको छ ।