स्थानीय अनुकुलन कार्ययोजना समायोजनका लागि अन्तरक्रिया कार्र्यशाला गोष्ठी आज गुलरियामा सम्पन्न भएको छ । थारु महिला उत्थान केन्द्रको आयोजना र यूकेडको आर्थिक सहयोगमा अन्तरक्रिया कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा बोल्दै थारु महिला उत्थान केन्द्र तथा अुनुकुलन परियोजनाकी संयोजक प्रिज्मासिंह थारुले संस्थाले गरि रहेको विभिन्न सामाजिक कार्य एवं विभिन्न संस्थाहरु संग समन्वय गरेर बर्दियाका ११ वटा गाविस र ४ वटा नगरपालिकामा काम गरिरहको परियोजनाहरुको बारेमा जानकारी दिंदै थारु महिला उत्थान केन्द्रले गरेको कार्यक्रमहरुबाट लक्षित समुदायहरु लाभम्वित भएको बताउनु भयो ।

उक्त कार्यशाला गोष्ठीमा बोल्दै अुनुकुलन परियोजनाका विशेषज्ञ झलक पौडेलले बर्तमान समयमा विश्वव्यापी रुपमै जलवायु परिवर्तनले व्यापक चर्चा पाइरहेको छ । यस समयमा बर्दिया जिल्लामा अनुकुलन परियोजनाले आगामी समयमा गर्ने कार्यशैली तथा परियोजनाको अवधारणा सम्बन्धि आफनो धारणा राख्नु भयो ।

जलवायु वातावरणको असर र सामाधानको वारेमा प्रकास पार्दै सहभागीहरुले उठाएका सवाल तथा जिज्ञासाहरुको बारेमा स्पष्ट पार्नुभयो । स्थानीय विकास अधिकारी तेजराम शर्माको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधहरु लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला परियोजनाकी सयोजक माधुरी विकले राख्नु भएको थियो ।