माघ २९

नेपाल खेलकुद महाँसंघ जिल्ला समिति बर्दियाले सनिबार बाँसगढीमा दोस्रो अधिवेशन  सम्पन्न गरेकोे छ । अधिवेशनको अबसरमा संघले ८ किलो मिटर खुल्ला दौड प्रतियोगिता समेत सम्पन्न गरेको छ ।

खुल्ला दौड प्रतियोगितामा  २५ मिनेट ५ सेकेन्ड समय लगाएर बाँके कोहलपुरका सागर बुढाथोकी प्रथम  २६ मिनेट १ सेकेन्ड समय लगाएर कोहलपुरकै हेमराज थापाले दृतीय  २६ मिनेट ४९ सेकेन्ड समयमा पार गरी सोरहवा गाविसका तारा प्रसाद थारु तृतीय हुनु भएको छ । प्रथम, दृतीय र तृतीयलाई  प्रतियोगीहरुलाई सनिबार नै क्रमशः नगद १५, १० र ५ हजार सहित प्रमाण पत्र र  सिल्ड प्रदान गरीएको छ ।

नेपाल खेलकुद महासंघ  बर्दिया जिल्ला अध्यक्ष शिब बास्तोलाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति नेपाल खेलकद महासंघ केन्द्रिय उपाअध्यक्ष बिनोद मैनाली, रहनु भएको थियो ।

उहाँले खेलकुदको बिकासमा परिवर्तन ल्याउनको लागि आफ्नो संगठनले काम गरीरहेको बताउनु भयो । यस्तै उद्घाटन कार्यक्रमका बिशेष अथिति नेपाल खेलकुद महासंघका महासचिब एवंम राष्ट्र्यि खेलकुद उपाअध्यक्ष टेन्डी लामा शेर्पा रहनु भए थियो ।

थितिहरुमा नेकपा एमाले जिल्ला कमिति अध्यक्ष हरि ज्ञवाली, युवा संघ बर्दिया जिल्ला अध्यक्ष ध्रुब बहादुर सिंह, अनेरास्ववियू जिल्ला अध्यक्ष जित बहादुर रोकाय र नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य तथा क्षेत्र न ५ का सचिब लगाएत, युवा, ने क पा एमालेका पार्टी प्रतिनिधि हरुको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तब्य नेपाल खेलकुद महासंघ जिल्ला कमिति बर्दियाका उपाअध्क्ष तिर्थ आचार्य राख्नु भएको थियो । कार्यक्रमको संचालान नेपाल खेलकुद महासंघ जिल्ला कमिति बर्दियाका सदस्य हरि देबकोटाले गर्नु भएको थियो ।